मोडर्नाको २३ लाख खोप माघ १६ र १८ गते आइपुग्ने

काठमाडौं :  २३ लाख ४० हजार मात्रा मोडर्ना खोप माघ १६ गते (जनवरी ३०) र माघ १८ गते (फेब्रुअरी १) मा आउने भएको छ।गत मंगलबार नै आउनुपर्ने उक्त मोडर्ना खोप रोकिएको थियो।सरकारले कोभ्याक्स सुविधामार्फत विश्व बैंकको सहयोगमा खरिद गरेको कोरोना विरुद्धको मोडर्नाको ४० लाख मात्रामध्ये १६ लाख ६० हजार मात्रा यसअघि नै आइसकेको छ।माघ १५ देखि २० गतेसम्म सरकारले यो खोप पनि १२-१७ वर्ष उमेर समूहकालाई पहिलो र दोस्रो मात्रास्वरुप लगाउने तयारी गरिरहेको छ।हाल सरकारले १२-१७ वर्ष उमेर समूहकालाई फाइजर खोप पनि दिँदै आएक