टेरामक्स प्रविधिका उपकरण खरिदमा भ्रष्टाचार गर्ने जोसुकै भएपनि सजायको भागीदार हुनैपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचारबारे के भइरहेको छ ? भनेर मन्त्री शर्मासँग जवाफ मागेका थिए ।