अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनमा समस्या

अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।...

सम्बन्धित सामग्री

अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनमा समस्या

अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।...

नियमित विद्युत् आपूर्ति नहुँदा रुपन्देहीका १५ हजार उद्योग समस्यामा

काठमाडौँ । अनियमित विद्युत् कटौतीले रुपन्देहीमा सञ्चालन भएका करिब १५ हजार उद्योगहरू नियमित सञ्चालन हुन सकेका छैनन् । विद्युत् आपूर्ति नियमित नहुँदा उत्पादनमा कमी र लो भोल्टेज र ट्रिपिङका कारण महँगा प्राविधिमा जोडिएका मेशिनरी सामानहरूमा असर परेको उद्योगीहरूको गुनासो छ । एक महिनादेखि विद्युत् आपूर्तिमा अनियमितता, ट्रिपिङ तथा लो–भोल्टेजका कारण रुपन्देही आसपासका उद्योग प्रतिष्ठानहरूमा समस्या […]

विद्युत् आपूर्ति अनियमित हुँदा रूपन्देहीका उद्योग समस्यामा

रूपन्देही । अनियमित विद्युत् आपूर्तिका कारण रूपन्देहीका उद्योग/व्यवसाय समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा अनियमितता हुँदा उद्योगी व्यवसायी समस्या झेल्न बाध्य भएका हुन् । विद्युत्को अनियमित आपूर्तिले उत्पादनमा कटौती गर्नुपरेको गुनासो उद्योगी व्यवसायीले गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले लोडशेडिङ अन्त्य गरिएको दाबी गरे पनि औद्योगिक क्षेत्र र लुम्बिनी कोरिडोर क्षेत्रसहित जिल्लाका उद्योगमा विद्युत् सेवा अनियमित भइरहेको छ । करीब एक महिनादेखि विद्युत् आपूर्ति नियमित नभएपछि उद्योग सञ्चालनमा कठिनाइ हुने गुनासो यहाँका उद्योगी व्यवसायीले गरेका छन् । पछिल्लो १५ दिनदेखि लगातार विद्युत् आपूर्ति नै नभएपछि उद्योगमा उत्पादन बन्द भएको जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुंगानाले बताए । ‘अहिले सिमेन्ट उत्पादनका लागि उपयुक्त समय हो, यो समयमा उत्पादन हुन नसके भारतीय सिमेन्टले बजार लिन्छ,’ उनले भने, ‘विद्युत् आपूर्तिकै कारण हाम्रो सिमेन्ट बजार बिग्रिने र यसले दीर्घकालसम्मै समस्या उत्पन्न गर्ने खतरा बढेको छ ।’ पछिल्लो समय प्राधिकरणले विद्युत् आपूर्ति अनियमित गर्दा  लुम्बिनी कोरिडोरका मात्रै १२ सिमेन्ट उद्योग र अन्य ठूला उद्योगको उत्पादन ठप्प भएको छ । अघोषित लोडशेडिङले १० दिनदेखि बृज सिमेन्टको उत्पादन पनि बन्द छ । बृज सिमेन्टका प्रबन्धक नुमेन्द्र पौडेलका अनुसार दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले हाल विद्युत् अभावमा प्लान्ट सञ्चालन गर्न सकिरहेको छैन । विद्युत्मा देखिएको अनियमितता र लो भोल्टेजको समस्या पुरानै भएकाले अहिले २४ घण्टासम्म अघोषित लोडशेडिङ भइरहेको छ । उद्योगीले विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणसँग पटक–पटक आग्रह गर्दै आएको छ । तर, प्राधिकरणले चासो नदिएको उद्योगी व्यवसायीको गुनासो छ । विद्युत् आपूर्ति निरन्तर गर्न नसकेपछि प्राधिकरणसँग  लोडशेडिङको समयतालिका उपलब्ध गराउन माग उद्योगी व्यवसायीले गरेका छन् । ‘प्राधिकरण नेतृत्वको असक्षमताका कारण पटक पटक समस्या भोग्नुपरेको छ,’ उद्योगी बाबुराम बोहोराले भने, ‘समस्या सामाधानका लागि छिट्टै कदम नचालिए संघ चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछ ।’ विद्युत् नियमित नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगी बताउँछन् । यस्तो अवस्था आउँदा पनि विद्युत् प्राधिकरण जिम्मेवार नबनेको गुनासो उनीहरूको छ । आपूर्तिको समस्या समाधान गर्न ढिलाइ गरिए आफूहरू उद्योगमा ताला लगाएर सडकमा आउने उद्योगीहरूको चेतावनी छ । रूपन्देही उद्योग संघ, उद्योग वाणिज्य संघ र सिद्धार्थ उद्योग वाणिज्य संघले विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर यसबारे ध्यानाकर्षण गराइसकेका छन् । तर, नियमित विद्युत् आपूर्ति हुन नसकेपछि आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । रूपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले प्राधिकरणले विनासूचना विद्युत् आपूर्ति बन्द गर्ने र नियमित विद्युत् नदिएकाले उद्योगहरूले ठूलो क्षति बेहोर्नुपरेको बताए । विद्युत् वितरणमा भइरहेको समस्या तत्काल समाधान गर्न उनको आग्रह छ । ‘कोरोनाले थलिएका उद्योग विस्तारै उठ्न थालेका छन्, यस्तो अवस्थामा अनियमित विद्युत् आपूर्तिले उद्योग धराशयी हुन्छन्,’ उनले भने । विगत एक महीनादेखि विद्युत्को समस्या धेरै हुन थालेको उद्योगी बताउँछन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले अघोषित लोडशेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रूपन्देहीका उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताए । विद्युत् कटौती हुन थालेपछि उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत् कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँ मिललाई सिद्धार्थ उद्योग वाणिज्य संघले ध्यानाकर्षण गराइसकेको छ । रासस

विद्युत् आपूर्ति नियमित गर्न बुटवल उद्योग वाणिज्य सङ्घको आग्रह

बुटवल आसपासका क्षेत्रमा विगत एक महिनादेखि विद्युत् आपूर्तिमा अनियमितता, ट्रिपिङ तथा लो–भोल्टेज जस्ता समस्या देखिएको छ । विद्यूतको समस्याले बुटवल तथा आसपासका उद्योग प्रतिष्ठानहरूमा समस्या उत्पन्न भएको भन्दै बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।सङ्घले एक विज्ञप्ति जारी गर्दै अनियमित विद्युत् आपूर्तिले उद्योगको उत्पादन आपूर्ति, यन्त्र उपकरण बिग्रिने, कच्चा पदार्थको वेष्टेज बढ्ने  जस्ता समस्या आएको जनाएको छ । जसका कारणले  उत्पादनको लागत समे

विद्युत् समस्या समाधान गर्न प्राधिकरणको ध्यानाकर्षण

विराटनगर । उद्योग व्यवसायको क्षेत्रमा विद्युत् आपूर्तिमा भइरहेको अनियमितता तथा विद्युत्सँग सम्बन्धित अन्य नीतिगत समस्या समाधानका लागि उद्योग संगठन मोरङले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ । बुधवार नेपाल विद्युत् प्राधिकरण प्रदेश नं १ ले आयोजना गरेको छलफल कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विद्युत्को अनियमित आपूर्तिले उद्योग प्रतिष्ठानको उत्पादन लागत बढेको, उत्पादित वस्तुको गुणस्तर खस्किएको, मेशिनरी समस्याले सञ्चालन खर्च बढेको र प्रतिस्पर्धी क्षमतामै ह्रास आएको बताए । उद्योगी व्यवसायीका तर्फबाट आठबुँदे माग पेश गर्दै उनले विद्युत्सँग सम्बन्धित नीतिगत व्यवस्था र कार्यान्वयन तहमा सुधार गर्नुपर्ने औंल्याए । संगठनले प्राधिकरणलाई बुझाएको मागपत्रमा सानो झरी, वर्षा, हावाले समेत संरचना भत्किएर अत्यधिक पावर कट तथा ट्रिपिङ हुँदा मेशिन बिग्रिने, उत्पादन प्रक्रिया रोकिने र जेनेरेटरमा भर पर्नुपर्दा उत्पादन लागत बढ्ने भएकाले यसको दिगो समाधान खोज्नुपर्नेमा जोड दिइएको छ । विशेषगरी कटहरी क्षेत्रका उद्योग प्रतिष्ठान विद्युत्को संचरनागत सुधारको अभावले बढी समस्यामा रहेको भन्दै संगठनले त्यस क्षेत्रको समस्या यथाशीघ्र समाधान गर्न माग गरेको छ । यसैगरी कुनै उद्योगले बोइलर प्लान्टबाट उत्पादन गरेको विद्युत् उद्योगमा खपत हुन नसकेको अवस्थामा विद्युत् प्राधिकरणको प्रसारण लाइनमामार्फत पठाई विक्री गर्ने व्यवस्था नहुँदा सञ्चालन बढेको, उत्पादित विद्युत् समेत खेर गएकाले विद्युत् धेरै भएको समयमा विक्री गर्न र अपुग हुँदा खरीद गर्न सक्ने प्रावधानको चुस्त कार्यान्वयन हुनुपर्ने संगठनको माग छ । त्यसैगरी विद्युत्का कर्मचारीबाट असावधानीवश भएको त्रुटिको भागीदार उद्योगी÷व्यवसायीलाई बनाइनु नहुने भएकाले यस विषयमा स्पष्ट प्रावधान हुनुपर्ने लगायत माग संघले राखेको छ ।

विद्युत् नियमित नहुँदा सर्लाहीका उद्योग धराशायी

सर्लाही : अनियमित विद्युत् कटौतीले सर्लाहीका उद्योगधन्दा धराशायी बन्दै गएका छन्। अनियमित विद्युत् कटौती हुँदा बिजुलीबाट सञ्चालन हुने काम बारम्बार प्रभावित बनेको उद्योगी व्यवसायीहरुको गुनासो गरेका छन्। केही समयदेखि पटक–पटक विद्युत् कटौती हुने समस्या बढेको छ।अनियमित विद्युत् कटौतीले प्रेस, कुटानपिसानी मिल, खाद्य उद्योगसहित २४ सैं घण्टा विद्युत् आवश्यक पर्ने उद्योगहरु बढी प्रभावित भएका छन्। विद्युत् अनियमित हुँदा कुनै दिन दिनभर नै उद्योगधन्दा ठप्प हुने गरेको उद्योगीहरुले बताउँदै आइरहेका छन्।स

सुर्खेतमा विद्युत् भार कटौती अन्त्य गर्न व्यवसायीले दिए २ दिने अल्टिमेटम

सुर्खेतमा पछिल्लो समय हुँदै आएको पटके विद्युत् भार कटौती अन्त्य गर्न व्यवसायीले दुई दिने अल्टिमेटम दिएका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घले आज नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै अनियमित तवरले भइरहेको विद्युत् भार कटौती अन्त्यको माग गरिएको हो । सङ्घका अध्यक्ष धनबहादुर रावतले बिना सूचना पटकपटक विद्युत् आउने जाने समस्याले सर्वसाधारणमात्र नभई व्यवसायीसमेत मर्कामा परेको बताए । “हामीले दुई दिनभित्र समस्या सुधार गर्न चेतावनी दिएका छौँ, अन्यथा समस