प्रदेश २ को धनुषास्थित ढल्केवरमा दोस्रो औद्योगिक व्यापार मेला जारी छ । जसअनुसार मेलामा शनिबार र्यापर समीर घिसिङ्ग (भिटेन) आफ्नो प्रस्तुतिका लागि आउने भएका छन् । भिटेनलाई हेर्न र उनको गीत सुन्न यहाँका स्थानीय दर्शक निकै उत्साहित छन् । -यापर भिटेन महोत्सवमा आफ्नो प्रस्तुति देखाउन ढल्केवर आउन लागेको आयोजक थुप्तेन युवा क्लवका अध्यक्ष धावा लामाले जानकारी दिए ।महोत्सवमा भिटेनले आफ्नो विभिन्न गीत प्रस्तुत गर्ने छन् । उनले भिटेनको प्रस्तुतिको क्रममा दर्शकको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै