सहिद स्मारक 'बी' डिभिजन : मध्यपुरले टुसाललाई २–० ले हरायाे

काठमाण्डाै – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रवार भएको दोस्रो खेलमा मध्यपुर युथ एसोसिएशनले टुसाल क्लबलाई दुई–शून्यले हराएको छ । एन्फा मैदान ललितपुरको सातदोबाटोमा भएको दोस्रो खेलमा टुसाललाई हराएको मध्यपुरले पहिलो जित निकालेको हो । मध्यपुरका धिरज श्रेष्ठ र कैलाश लामिछानेले एक/एक गोल गरे । जितसँगै मध्यपुरले सात खेलमा चार अङ्क जोडेको छ  । टुसाल आठ अङ्कका साथ सातौँ स्थानमा छ ।  शुक्रवार नै भएकाे पहिलाे खेलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्...