काठमाडौं : माधव नेपालसहित एमालेले कारबाही गरेको १४ सांसदमाथि अन्तिम सुनुवाइका लागि पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले मुद्दा पूर्ण सुनुवाइ गर्न आदेश दिएको हो। मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएकाले अन्तिम सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको हो। माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै एमाले अदा