३० असार, गोदावरी । कैलालीको गौरीगंगा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुर बुढामगर र लम्कीचुहा नगरपालिका–१ का लोकेश सिंजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको […]