भ्रामक समाचार लेख्ने अनलाइनलाई २४-घण्टे स्पष्टीकरण सोधियो

काठमाडौं। प्रधानमन्त्री र रअबीच चार-बुँदे सम्झौता भन्दै भ्रामक समाचार लेख्ने अनलाइनहरूलाई प्रेस काउन्सिलले २४-घण्टे स्पष्टीकरण सोधेको छ। काउन्सिलले उज्यालो नेटवर्क डट कम, सुदर्शनखबर डट कम, कान्तिपथ डटकमलगायतका सातवटा अनलाइनलाई स्पष्टीकरण सोधेको हो। त्यस्तै, दर्ता नभएका दुईवटा अनलाइनलाई नेपालभित्र बन्द गराउनका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

सम्बन्धित सामग्री

भ्रामक समाचार प्रशारण भएको भन्दै मेगा बैंकको स्पष्टीकरण

मेगा बैंक नेपाल लिमिटेडले आफूलाई जोडेर एक टेलिभिजनबाट प्रसारित खबरप्रति गम्भीर आपत्ति जनाएको छ । सत्यतथ्यलाई बङ्ग्याई भ्रामक, झुट्टा र काल्पनिक सामाग्री तयार गरी जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेडसँग असम्बन्धित व्यक्तिलाई …