काठमाण्डाै - कोभिड–१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई दक्षिण कोरियाबाट सहायतास्वरुप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन् ।
नेपालका लागि कोरियाका राजदूत पार्क चोङसुकले १७ हजार ७६० थान आरटी पीसीआर परीक्षण किट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोरिया सरकारले तीनसय ७८ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको र ती उपकरण आउँदाे महिना काठमाण्डौ ल्याइने मन्त्रालयले बताएको छ । दोस्रो लहरको कोभिड&n...