हस्तकला महासंघको साधारणसभा र निर्वाचनको लागि नयाँ मिति तय

नेपाल हस्तकला महासंघको यस अघि स्थगित भएको ४१ औ साधारणसभा आगामी चैत्र ४ गते हुने भएको छ । सरकारले कोभिड नियन्त्रण तथा रोकथामको लागि जारी गरेको आदेशको कारण महासंघले यस अघि तोकेको मिति (पुस ३०) मा सभा हुन सकेको थिएँन् । अब भने महासंघले कार्की ब्यान्क्वेटमा आगामी चैत्र ४ गते शुक्रबार महांसघको साधारणसभा गर्ने र चैत्र ५ गते बिहान कार्यसमितिको निर्वाचन गर्ने गरि नयाँ सूचना प्रकाशन गरेको हो ।  महांसघमा २५ जनाको कार्यसमिति सदस्य रहने ब्यबस्था छ । जसमा १ अध्यक्ष, १ निवर्तमान अध्यक्ष, १ बरिष्ठ उपाध्यक्ष, ५ जना उपाध्यक्ष, र १७ जना कार्यसमिति सदस्य रहने ब्यबस्था छ ।