काठमाण्डाै - प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन गर्ने दिन नजिकिँदै गर्दा सबै दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा जुटेका छन् । तर मुख्य दलहरुलाई उम्मेदवार टुङ्गो लगाउन समस्या देखिएको छ । चुनावी कार्यक्रमअनुसार अबको ९ दिनपछि अर्थात असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् ।
मुख्य सत्तारूढ दल नेपाली कांग्रेसभित्र एकातिर समानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट सङ्ख्या र उम्मेदवार तय गर्न सकस भ...