कलंकीको लामपाटीस्थित मायाज भेन्यु बैंकेट रेष्टुराँ एण्ड बार मंसिर २२ गते देखि बन्द छ । बिहे भोजमा सहभागीलाई गन्हाएको खसीको मासु खुवाएको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यो पार्टी प्यालेसको सञ्चालन अनुमति निलम्बन गरेको छ । पार्टी प्यालेसले उपभोक्तालई खुवाएको मासुको प्रयोगशाला परीक्षणको नतिजा भने आउन बाँकी छ ।