काठमाडौं, ११ भाद्र । नेकपा एमालेले आगामी निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा यसअघि परिसकेकाको नाम नराख्ने मापदण्ड तय गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले त्यस्तो निर्णय लिएको हो । एमाले केन्द्रीय कमिटी बैठकले लिएको निर्णयपछि यसअघि सांसद भएका ३० जना समानुपातिकतर्फकाहरु फेरि समानुपातिकतर्फको सांसद बन्नबाट रोकिएका छन् । यसरी रोकिनेमा एमाले छाडिसकेका बामदेव गौतमकी पत्नी […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य जम्बो बनाएको भन्दै नेतृत्वको चर्काे आलोचना भएको छ । पार्टी संगठनलाई चुस्त दुरुस्त बनाउन सानो कमिटीको संख्या ठूलो बनाइएको संख्या ठूलो बनाइएको भन्दै आलोचना भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने केन्द्रीय सदस्यहरुले अपमानित भएर गठबन्धनमा पक्षमा […]
चितवन– एमाले महाधिवेशनको आयोजक जिल्लासमेत रहेको चितवनबाट केन्द्रीय सदस्यका लागि १५ जनाले आकांक्षा देखाएका थिए । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी सदस्यमा महाधिवेशन व्यवस्थापनको महिला कमान्डर एमाले चितवनकी अध्यक्ष पार्वती रावलसहित १० जना परेका छन् । बागमती प्रदेशतर्फबाट रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भइसकेकी छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक […]
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। असोज ५ गतेका लागि बैठक बोलाएको केन्द्रीय कमिटी सदस्य मेटमणि चौधरीले जानकारी दिए। बैठकको मिति तय भए पनि स्थानको टुंगो भइनसकेको उनले बताए। माधव नेपालको नेतृत्वमा एमालेबाट विद्रोह गरेर समाजवादी पार्टी गठन भएको हो। ३० सांसद र ५६ केन्द्रीय सदस्यहरुको सनाखतपछि निर्वाचन आयोगले नयाँ पार्टीको प्रमाणपत्र दिएको थियो।
काठमाडौँ- नेकपा एमालेले नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बुधबार नै बस्ने भनिएको बैठक उपत्यका बाहिर रहेका कतिपय केन्द्रीय सदस्यहरु उपस्थित हुन नस्कने भएपछि आजलाई सारिएको हो । नेपाल-खनाल समूहका केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीका अनुसार बैठक बिहान ११ बजे बुद्धनगरको एक पार्टी प्यालेसमा बस्नेछ । बैठक पार्टी एकता र सरकारमा सहभागी […]
नेकपा एमालेका २२ सांसदले पार्टीले स्पष्टीकरण सोधेको पत्र नपाएको बताएका छन्। एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर गम्भीर रूपमा पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा माधव नेपालसहित...
नेकपा (एमाले) ले शनिबारका लागि केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाएको छ । बैठकका लागि झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सबै सांसद तथा केन्द्रीय कमिटी सदस्यहरुलाई आमन्त्रण गरिएको बताइएको छ ।
२८ फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्र छाडेका कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीलाई एमाले कर्णालीको सचिव पद उपहार दिइएको छ । एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई कर्णाली प्रदेश सचिवको जिम्मेवारी दिएको हो । सांसद रेग्मी २०७४ मा भएको निर्वाचनमा माओवादी केन्द्र दैलेखबाट सांसद्मा निर्वाचित भएका थिए । सांसद रेग्मीले केपी ओली र […]