अर्थमन्त्रीलाई चेम्बरको सुझाव : 'कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन सकिन्छ'

नेपाल चेम्बर अफ कमर्सले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझाव दिएको छ । शुक्रबार चेम्बर कार्यसमितिले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गर्दै सुझाव दिएको हो ।