नेपाल–भारत मैत्री धर्मशालाको मुद्दाको पेसी आइतबारलाई सारियो

काठमाण्डौ – पशुपति क्षेत्रमा रहेकाे नेपाल–भारत मैत्री पशुपति धर्मसाला सम्बन्धी मुद्दाको सोमबार तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको छ । प्रतिवादी होटेल आनन्द प्राली (बतास समूह)का तर्फबाट राखिएका अधिवक्ताहरुले यस अघि माग गरेको अनतरिम आदेश नदिने उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमकै बेन्चमा आजको पेसी परेकाे थियाे । तर अन्तरिम आदेश नदिने श्रीमानले यो मुद्दा हेर्न मिल्दैनकी भन्ने कुरा उठाउनु भएपछि आजको पेसी २७ गतेका लागि सरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्...