फेरि बढ्न थाले कोरोनाका सक्रिय सङ्क्रमित, खोपको बुस्टर मात्रा लगाउन आग्रह

काठमाण्डाै - कोरोना भाइरसका सक्रिय सङ्क्रमित फेरि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन् । फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ जना सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजाे ६ जना नयाँ सङ्क्रमित र २० सक्रिय सङ्क्रमित रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास...