काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अमेरिकी सहयोग (एमसीसी) का सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार भएको आरोप लगाएको छ ।
दाहालका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दाहालको प्रस्तावलाई गम्भीर रूपमा नलिएको र एमसीसीबारे गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गएको वर्षदेखि सम्बन्ध चिसिएका एमाले अध्यक्ष ओलीलाई हिजो बुधवार बेलुकी फोन गरेर अमेरिकी सहायता परियोजना एमसीसीलाई चुनावसम्म यथास्थितिमा राख्ने प्रस्ता...