खेतबारीको कामबाट नगद कमाउँदै मुसहर बस्तीका महिला

उदयपुरको बेलबा नगरपालिका–५ घुम्नेका मुसहर समुदायका महिला खेतबारीमा काम गर्न व्यस्त हुन्छन् । २ वर्षअघिसम्म अर्काको काम गरेर जीविकोपार्जन गर्ने महिला यतिबेला आफ्नै कमाइ गरिरहेका छन् । महिलाले तरकारीदेखि धानबालीमार्फत राम्रो उत्पादन गरेर नगद कमाउँछन् । मुसहर बस्तीमा बारीभरि फलेका काउली, भण्टा, बन्दाकोपी र सागदेखि धानसम्म देख्न सकिन्छ । घरमै विभिन्न वनस्पति र गोबर मिसाएर बनाइएको प्राङ्गारिक मलको प्रयोग गरेर मुसहर बस्तीका महिलाले तरकारी उत्पादन गरिरहेका छन् । मुसहर बस्तीमा हरियाली छाएको छ । बेलका नगरपालिकाले महिल...