बैतडी : भारतबाट अवैध बाटो भएर नेपाल भित्रिने क्रम नरोकिएपछि बैतडीमा कोरोना संक्रमणको जोखिम बढेको छ।निषेधाज्ञा जारी गरेर भारतसँग सीमा जोडिएको नाका झुलाघाट खुला भए पनि अवैध बाटोबाट नेपाल भित्रिने क्रम नरोकिएको हो। झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिमार्फत अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने गरिएको छ। तर अवैध रुपमा नेपाल आउँदा जोखिम बढेको हो।महाकाली नदीमा ट्युब र डुंगामार्फत अवैध रुपमा स्वदेश भित्रिने गरेकोले कोरोना संक्रमणको जोखिम बढेको पञ्चेश्वर गाउँपालिका प्रवक्ता एवं