पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले काठमाडौंमा गरिने भाकलका आधारमा प्रदेशहरूमा सांसदको बलि चढाउने गरिएको बताएका छन् । प्रदेशसभामा विश्वासको प्रस्तावमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले कुन प्रदेशमा कसको बलि चढाउने भनेर काठमाडौंमा भाकल हुने र प्रदेशमा सोही अनुसारको बलि चढाउने गरिएको बताए ।उनले गण्डकी प्रदेशमा त्यस प्रकारको नियति नदेखियोस् भन्ने कामना पनि गरे । उनले भाषण गरेको भरमा व्यवस्था विघटन नहुने दावीसमेत गरे । उनले भने, ‘त्यस्तो कुरा ग