पोखरामा दैनिक ५० लिटर दूध दिने गाई

पोखरा २५ हेमजाका घनश्याम तिमिल्सिनाले दैनिक ५० लिटर दूध दिने गाई पालेका छन् । मेरिकन होलेस्टिन जातको गाईले दैनिक ५० देखि ५२ लिटरसम्म दूध दिने गरेको तिमिल्सिनाले बताए ।पहिलो बेतमा उक्त गाईले दैनिक ४० लिटर दूध दिएको बताएका तिमिल्सिनाले दोश्रो बतको सुरुमा भने ५० देखि ५२ लिटरसम्म दैनिक दूध दिने गरेको दाबी गरे ।होलेस्टिन, जर्सी, […]

सम्बन्धित सामग्री

दूधको मूल्य प्रति लिटर १० रुपैयाँ बढाउन सिफारिस

दूधको मूल्य प्रति लिटर १० रुपैयाँ बढाउन सिफारिस गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले  कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस गरेको हो ।बोर्ड, पशु सेवा विभाग, कृषक लगायतका सरोकारवालासँग छलफल गरेर मूल्य बढाउँन प्रस्ताव गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार बढेको मूल्यबाट किसानलाई लिटरमा ७ रुपैयाँ र उद्योगलाई तीन रुपैयाँ जाने गरि सिफारिस गरिएको हो।पछिल्लो साढे दुई वर्षदेखि दूधको उत्पादन लागत बढेको र सोही आधारमा मूल्य नपाउँदा किसान हतोत्साही भएको बोर्डको भनाई छ। त्यस्तै चोकर, दाना र दूध दिने गाई भैंसीको मूल्य पनि बढेकोले लागत अनुसार किसानले मूल्य नपाएकोले मूल्य बढाउनु पर्ने बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले बताए । मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले दूधको मूल्य बढाउने निर्णय लिन सक्छ ।  अहिले बजारमा प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ छ ।  बोर्डले गरेको सिफारिस अनुसार मन्त्रालयले मूल्य बढाउने निर्णय गरे दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुग्ने छ ।