जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन

काठमाडौं, २१ चैत । तनहुँ जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ । अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको छैन । तीन÷चार वर्षदेखि एक्स-रे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राहीले सेवा लिनबाट बञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष […]