जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले जनतालाई आश्वासनमात्रै नभएर आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताएका छन् । उनले जनतालाई झुक्याउनेलाई नभएर कामको आधारमा उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन्। बाँके क्षेत्र नं २ मा पार्टीका प्रचारप्रसार कार्यालयहरू उद्घाटन गर्ने क्रममा पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उनले जनता झुक्याउने नेतालाई यसपालिको चुनावले नै जवाफ दिने ठोकुवा पनि गरे। ‘