म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट देखिएको नीलगिरि हिमाल । यो धौलागिरी हिमश्रृंखलामा पर्दछ । वर्षा रोकिएपछि खुलेको यो हिमालको दृश्यले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । तस्वीर : रासस
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी र पृष्ठभूमिमा देखिएको नीलगिरि हिमाल । हिन्दुधर्मावलम्बीको महत्वपूर्ण आस्थाको केन्द्र कागबेनी श्राद्धस्थल भएकाले देशका विभिन्न जिल्लाका धार्मिक तीर्थालु मुस्ताङ आउने गर्छन् । कागबेनी श्राद्धस्थलमा बर्सेनी दशैं तथा चैते दशैं सोह्रश्राद्ध औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ । तस्वीर : रासस