काठमाण्डाै - परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालका मुद्दा सशक्त रुपमा उठाएको बताउनु भएको छ ।
राष्ट्रसङ्घको ७६ औं महासभामा सहभागी भएर फर्किएपछि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उहाँले कोभिड-१९ महामारी, जलवायु परिवर्तन, दीगो विकास लक्ष्यसहितका विषयमा आफूले कुरा राखेको बताउनुभयो ।
भूपरिवेष्ठित देशको आर्थिक उन्नति, दीगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग तथा संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यबारे पनि कुरा गरेको मन्त्री खड्काले जानकारी दिनुभयो ।
राष्ट्रसङ्घको महा...