हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा पनि अब सीजी नेट

काठमाडौं उपत्यका बाहिर पनि सीजी नेट विस्तार भएको छ । उपत्यका बाहिर हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा सीजी नेट विस्तार भएको हो ।  सीजी नेटले गत जेठ १८ गते काठमाडौंबाट इन्टरनेट सेवा दिन शुरू गरेको थियो । सीजी नेटले मासिक ९९९ रूपैयाँमा १२० एमबीपीएस स्पीडको इन्टरनेटसहित सेवा थालेको थियो । त्यसपछि नेपाली इन्टरनेट बजारमा इन्टरनेट सेवा प्रदायकहरूबीच ‘स्पीड वार’ चलेको छ...