नेपालबाट अमेरिका पुगी चिकित्सा पेसामा स्थापित भएका डा. केशव पौडेलले एनआरएनएको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकामै अध्ययन गरेर सम्बन्धित क्षेत्रमा सफलता हासिल गर्ने नेपालीको सूचीमा डा. पौडेलको नाम अग्रस्थानमा आउँछ ।
उनी पेशागत रुपमा चिकित्सक भनेर मात्र होइन, त्योभन्दा बढी एनआरएन अमेरिकाका लोकप्रिय नेताको रुपमा पनि चिनिन्छन् । उनले एनआरएनए अमेरिकामा दुई कार्यकालको नेतृत्व गरिसकेका छन् ।