काठमाडौं : वन तथा वातावरण विभागले तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन हुने सवारीसाधनलाई शुक्रबारदेखि एक लाख रुपैयाँ जारिवाना गर्ने भएको छ।विभागले गत मंसिर २२ गते सूचना प्रकाशन गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहोर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो। प्रदूषण जाँच नगरेका गाडीलाई कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ। विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ। विभागले गाडीको धु