सर्केगाड गाउँपालिका वडा ६ मा रहेको बराई स्वास्थ्य चौकीमा दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन हुँदा बिरामी मर्कामा परेका छन् । सात जना कर्मचारीको दरबन्दी रहेको उक्त स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएको कारण एक जना कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको कारण बिरामी मर्कामा पर्नुभएको हो ।