काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । भिडभाडबाट संक्रमणको जोखिम उच्च हुने भन्दै सरकारले भिडभाडजन्य क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था लागु गरेको छ ।
उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयबाट स्वास्थ्य सतर्कतासहित उपत्यकामा गुड्ने सार्वजनिक तथा निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागु गरिएको छ ।
सार्वजनिक यातायातमा जोर–बिजोर लागु गर्दा सडकमा आधा...