काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ६ हजार ४० जनाको मृत्यु भएको छ। ब्राजिलमा ७५४, रुसमा ६५४, अर्जेन्टिनामा ६१७, भारतमा ५५२, कोलम्बियामा ५७०, इन्डोनेसियामा ५५८, दक्षिण अफ्रिकामा ३३१, इरानमा १५७, चिलीमा १४६, बंगलादेशमा १६४, ट्युनिसियामा १०५, पाराग्वेमा १०१ जनाको मृत्यु भएको छ। यो सँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख ३०९ पुगेको छ।