काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैली र प्रमुख आयुक्तको नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद न्यौपानेले आयोगको वार्षिक प्रतिवेदन, अनुसन्धानको सुस्तता र ठूला भ्रष्टाचार प्रकरणमा देखिएको ‘चयनमुखी’ अभियोजनका विषयमा आयोगको ध्यानाकर्षण गराएका हुन्। […]