विपद्मा उद्धार र राहत तीव्र बनाउन सरकार समक्ष पूर्वराष्ट्रपतिको आग्रह
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी-पहिरोबाट प्रभावित भएकाहरूको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कार्यलाई समन्वयात्मक र व्यवस्थित रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेकी छन्।