काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ। निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो। ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री हुने […]