युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौंः प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने चुनावमा धेरैभन्दा धेरै युवाहरुलाई अवसर दिने, पार्टी कमिटिहरुमा धेरैभन्दा धेरै युवाहरुलाई ल्याउने संकल्प गर्ने अवस्था आएको भन्दै नयाँ पुस्तालाई […]