रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको हो । यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिए । यातायातको सहजतासँगै पर्यटकहरू […]