दशरथ रंगशालामा दक्षिण एसियाली ई–स्पोर्ट्स भिडन्त, पाकिस्तानको फोर्थ्राइभ्स च्याम्पियन

नेपालमा सम्पन्न पीएमजीसी २०२६ सिजन २ दक्षिण एसिया फाइनलको उपाधि पाकिस्तानको फोर्थ्राइभ्स इस्पोर्ट्सले जितेको छ। प्रतियोगितामा कुल २०९ अंक हासिल गर्दै टोली दक्षिण एसियाली च्याम्पियन बनेको हो। काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एसियाका उत्कृष्ट पब्जी मोबाइल इस्पोर्ट्स टोलीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धात्मक फाइनलमा फोर्थ्राइभ्सले सर्वाधिक अंकसहित पहिलो स्थान हासिल गर्दा नेपालको टी२के इस्पोर्ट्स दोस्रो […]