राष्ट्रिय योजना आयोगको संस्थागत प्रभाव कमजोर, अधिकार अर्थ मन्त्रालयमा सीमित भएको दाबी

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा नेकपा (एमाले) का सांसद तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्पराज कँडेलले आयोगको भूमिका क्रमशः कमजोर बन्दै गएको बताएका छन्। बैठकमा धारणा राख्दै उनले राष्ट्रिय योजना आयोगको संस्थागत हैसियत र प्रभाव विगतको तुलनामा खस्किएको उल्लेख गर्दै राज्यका नीतिगत तथा स्रोत व्यवस्थापनसँग सम्बन्धित अधिकार अर्थ मन्त्रालयमा अत्यधिक केन्द्रित […]