शंकर अग्रवाल पक्राउ परेका छन्। शंकर ग्रुपका सञ्चालक अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले शुक्रबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अग्रवाललाई पक्राउ गरेको जनाएको छ। विभागले अग्रवालविरुद्ध चलिरहेको अनुसन्धानलाई थप प्रभावकारी बनाउन उनलाई उपस्थित गराइदिन आग्रह गर्दै ब्युरोलाई पत्र पठाएको थियो। सोही अनुरूप ब्युरोले उनलाई […]