रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे दलको कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । रास्वपाको विधानमा दलको नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय समितिले उक्त कुरा टुंग्याउन लागेको हो । […]