के सबै नेपालीले अमेरिकी भिसाका लागि १५ हजार डलरसम्म धरौटी राख्नुपर्छ? कारण के?

अमेरिकी विदेश मन्त्रालयले भिजिटर भिसाका आवेदकहरूका लागि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपाललाई पनि समावेश गरेपछि यसबारे नेपालीहरूबीच चासो र चिन्ता बढेको छ। जनवरी २१ देखि लागू हुनेगरी अमेरिकी विदेश मन्त्रालयले नेपाल सहित २५ देशलाई अमेरिकाको भिजिटर भिसाका लागि धरौटी राख्नुपर्ने देशको सूचिमा थपेको हो। अब यो सूचीमा कुल ३८ देश रहेका छन्। के सबैले तिर्नुपर्छ […]