समाजवादीका महासचिव बेदुराम भुसालः ८ कक्षा पढ्दै गर्दा जेल, जबजमा पीएचडी

१९ वर्षको उमेरमा ८ कक्षा पढ्दैगर्दा जेल परेका भुसालले जेलबाटै २६ वर्षको उमेरमा एसएलसी पास गरे । साढे १२ वर्ष जेल बस्दा उनले एसएलसीदेखि एमएसम्मको पढाइ पूरा गरे । जेलमा पढाइको व्यवस्था थिएन । आफैँ पढेर उनले एमए उत्तीर्ण गरेका हुन् ।