धनाढ्य इलोन मस्कले ट्वीटरको ९.२ प्रतिशत सेयर किनेका छन्। मस्कले ट्वीटरको सेयर खरिद गरेसँगै सोमबार न्यूयोर्क ट्रेडिङमा ट्वीटरको सेयर मूल्य २७ प्रतिशतले बढेको थियो।
टेस्लाका प्रमुख कार्यकारी अधिकृतले ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर किनेका हुन्। उक्त सेयरको मूल्य शुक्रबार २ अर्ब ८९ करोड अमेरिका डलर थियो।…