काम गर्ने जनसङ्ख्या घटेपछि समस्यामा चिनियाँ अर्थतन्त्र

याङटे नदी र एलो समुद्रको मुहानको नजिक नानटोङ सहर। त्यसै सहरमा अहिले प्रौढको सङ्ख्या बढ्दो छ। झट्ट हेर्दा त्यो सहर नै अवकाश प्राप्तको सहर झैँ देखिन्छ। वृद्धको स्याहार सुसार गर्ने, सफा सुग्घर गरिदिने तथा खानेकुराको व्यवस्थापन गरिदिने नै त्यहाँको मुख्य काम भएको छ। सन् २०२० को जनगणनाको आधारमा भन्ने हो भने चीनको सबै भन्दा पुरानो […]

सम्बन्धित सामग्री

सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने !

चीन । चालु वर्षमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।  चीनको दक्षिणी प्रान्त गुआङ्डोङको ग्वाङ्जाउमा आयोजित आईएफएफको २० वार्षिक बैठकका क्रममा जारी आईएफएफ २०२३ वैश्विक वित्त र विकास प्रतिवेदनअनुसार यो वर्ष वैश्विक विकास दर तीन दशमलव एक प्रतिशतमा अझ सुस्त हुने अनुमान छ । त्यस्तै सन् २०२४ मा पनि यस्तै कमजोर हुने सम्भावना छ ।  प्रतिवेदनमा अधिकांश मुलुकमा मौद्रिक कडाइको चक्र सन् २०२४ सम्ममा समाप्त हुने सम्भावना रहेको उल्लेख गरेको छ । यद्यपि मौद्रिक र वित्तीय कडाइ जारी रहने सम्भावना छ र यसबाट मागमा वृद्धि कम हुनेछ र वैश्विक सुधार सुस्त रहने प्रतिवेदनमा भनिएको छ ।  त्यसैले आईएफएफले सन् २०२४ मा वैश्विक अर्थतन्त्र तीन दशमलव एक प्रतिशतको दरले बढ्ने अनुमान गरेको छ । यसमा विकसित अर्थतन्त्रहरूमा एक दशमलव तीन प्रतिशत र विकासशील अर्थतन्त्रहरूमा चार दशमलव तीन प्रतिशतले वृद्धि हुनेछ । वैश्विक समुदायले अल्पकालीन र दीर्घकालीन दुवै चुनौतीहरूको सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदनमा भनिएको छ, 'गरिबी न्यूनीकरण, पर्यावरणको संरक्षण र जलवायु परिवर्तनलाई न्यूनीकरण, अन्तरदेशीय द्वन्द्व समाधान गर्ने र भू–राजनीतिक तनाव कम गर्ने जस्ता साझा चुनौतीहरूको सामना  गर्न अन्तर्राष्ट्रिय सहयोग र बहुपक्षीयतालाई अगाडि बढाउन आवश्यक छ ।' रासस

समस्यामा चिनियाँ अर्थतन्त्र

‘‘रोकिएका निर्माणका काम सबै असरल्ल छन्। धितो राखेका कुरा बन्धक छन्। फटाफट किस्ता तिरेर असुल्ने कुरामा चासो धेरैको घटी सकेको छ। सबै कुरा असरल्ल छ’, चीनमा अपार्टमेन्ट खरिद गर्नेको असन्तुष्टि हो यो। जुन महिनामा नै उनीहरूले विरोध प्रदर्शन गरी सके। त्यहाँ धितो या बन्धक राखिएका वस्तु निखन्नकै लागि किस्ता तिर्न छाडेका छन्। विद्रोहका विभिन्न स्वरूप […]