जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षलाई तलब खुवाउन आदेश

सर्वोच्च अदालतले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षलाई रामकुमार शर्मालाई मासिक तलब खुवाउन आदेश दिएको छ । काठमाडौँस्थित सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार आदेश दिएको हो ।बृहत्तरमा माओवादीबाट अध्यक्षमा नियुक्त भएका रामकुमार शर्माले केही महिनासम्म तलब पाएका थिए । तर पछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिवले निर्णय गरी शर्माको तलब रोक्का गरेका थिए । रोक्का गरेपछि उनले त्यतिबेला नै संस्कृति, पर्