विराटनगर महानगरका मस्जिदमा अनुगमन

विराटनगर महानगरभित्र भएका मस्जिदहरूमा अनुगमन सुरु गरिएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले मुस्लिम समुदायका अगुवाहरूसँगको समन्वयमा अनुगमन गरेका हुन् । शनिबार भएको अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख विश्व अधिकारी, कांग्रेस केन्द्रीय सदस्य तथा मुस्लिम अगुवा हसन अन्सारी, वडा नम्बर १५ का वडाध्यक्ष असलम आलमलगायतको सहभागिता रहेको थियो । मुस्लिम समुदायको अवस्था अध्ययन गर्न आग्रह भएबमोजिम मस्जिदमा अनुगमन गरिएको मेयर पराजुलीले जानकारी दिए ।

सम्बन्धित सामग्री

विराटनगरको व्यापार प्रवर्द्धनमा महानगरको चासो

विराटनगर। विराटनगरको व्यापार प्रवर्द्धनका लागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरू सहमत भएका छन् । विराटनगर महानगरपालिकाले मंगलवार आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने निचोड निकालेका थिए । विराटनगर बजार चलायमान बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको छलफलबाट साउन १ गतेदेखि भन्सार नतिरी भित्रिने खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तुको आयात निरुत्साहित गरिने निर्णय गरिएको छ । यसअघि १०० रुपैयाँसम्मको सामान आयात गर्दा भन्सार छूट दिने गरिएको थियो । तर, यो व्यवस्थाको दुरुपयोग गरी एकै व्यक्तिले हरेक दिन पटक पटक सामान आयात गर्दा राज्यको राजस्व गुम्नुका साथै स्थानीय व्यापार समेत प्रभावित भएको निष्कर्ष बैठकले निकालेको छ । अबदेखि जुनसुकै सामान जोगबनी तथा आसपासका नाकाबाट आयात गर्दा अनिवार्य रूपमा भन्सार तिर्नुपर्नेछ । त्यसैगरी स्थानीय व्यापारीले पनि अवैध रूपमा आयात भएका सामान खरीद र विक्री गर्न नदिन कडाइका साथ बजार अनुगमन गर्ने निर्णय गरिएको मेयर कोइरालाले बताए । अवैध सामान खरीदविक्री नगर्न आग्रह गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले सार्वजनिक रूपमा संयुक्त अपिल गर्ने निर्णय भएको विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । व्यापारीहरूको गुनासो सम्बोधनका लागि महानगरले सरोकारवालाहरूसँग बैठक राखेर स्थानीय बजारको प्रवर्द्धनका लागि महत्त्वपूर्ण निर्णय गरेको मेयर कोइरालाले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सबै मिलेर भन्सारमा कडाइ गर्नुपर्नेमा जोड दिए । स्थानीय सरकारको निर्णय कार्यान्वयन गराउन प्रशासनका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले स्वदेशी बजारमै सामान खरीद गर्न नेपाली उपभोक्ताको सोचमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे । त्यस्तै सशस्त्र प्रहरीका एसपी तीर्थबहादुर थापाले जोगबनी र विराटनगरको सामानको मूल्यमा धेरै अन्तर गर्न नहुने सुझाए ।

खसी भनेर बाख्राको मासु बिक्री

विराटनगर : खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ। महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो।हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन गरेका थिए। अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटि

खसीको भन्दै बाख्राको मासु बिक्री, अनुगमन टोली आएपछि पसल बन्द गरेर भागे व्यवसायी

विराटनगरः खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ। महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो। हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा-मासु पसलको अनुगमन…

खसी भनेर बाख्राको मासु बिक्री

विराटनगर। खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो । हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन गरेका थिए । […]

विराटनगरमा खसी भनेर बाख्राको मासु बिक्री गरेको पाईएपछि..

काठमाडौं, १५ असोज । खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा ९टोल फ्रि नम्बर०मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो । हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन […]

खसी भनेर बाख्राको मासु बिक्री

खसीको मासु भनेर बाख्राको मासु बिक्री गरिरहेको पाइएको छ । महानगरले सञ्चालनमा ल्याएको हटलाइन सेवा (टोल फ्रि नम्बर)मा उपभोक्ताले यस्तो गुनासो गर्न थालेपछि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासहितको टोली अनुगमनमा निस्केको थियो ।हटलाइनमा आएका गुनासोलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका प्रमुख कोइराला शुक्रबार बिहानैदेखि नगर क्षेत्रमा रहेका माछा–मासु पसलको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो भने