नागरिकता र राहदानी किर्ते गरेको आरोपमा दुई जना पक्राउ

धनकुटा : धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा फरार रहेका दुई जनालाई प्रहरीले १६ महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–२ का ३० वर्षीय भीमराज लिम्बू र ३६ वर्षीय हडिन रोगु (लिम्बू) रहेका छन। फरार रहेका हडिनलाई सुनसरीको धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको ...