मान्म– कालीकोटको महावै गाउँपालिकाले खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ । गाउँपालिकाभित्र रहेका खरले छाएका घरलाई विस्थापित गर्ने अभियान चलाइएको छ । खरले छाएका घरपरिवारलाई जस्तापाता वितरण सुरु गरेको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाभित्रका सबै खरले छाएका घरलाई विस्थापित गरेर जस्तापाताले छाउने अभियान सुरु भइसकेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताएका […]