कानुनी विभेदमा कुष्ठरोग पीडित, 'विवाह भए बदर हुने' :: Pahilopost.com

ललितपुरः कुष्ठरोग प्रभावित व्यक्ति कानुनी विभेदमा परेका छन्। साविक मुलुकी ऐनको विवाहसम्बन्धी व्यवस्थामा कुष्ठरोग प्रभावितसँग विवाह गर्न, गराउन नहुने र विवाह बदर हुने र गर्न सकिने व्यवस्थाका कारण उनीहरु कानुनी विभेदमा परेका हुन्। चिकित्सा कानूनमा विद्यावारिधि अधिवक्ता डा रमेश पराजुलीले राज्यले भेदभावविरुद्धको अधिकार संविधानमा व्यवस्था गरे पनि यस्ता कानुन