ग्लोबल आइएमई बैङ्क लिमिटेडले राष्ट्रिय सहकारी बैङ्क लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यमा सहकारीहरूको लागि 'कोप कार्ड'को सेवा सुरु गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरूको लागि सहकारी पहिचान सहितको 'कोप कार्ड'को सुरु गरेका छन्।